Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अप्रिल ११ देखि भारतको लोकसभा निर्वाचन, ७ चरणमा मतदान हुने

काठमाडौं, फागुन २६ । भारतमा १७ औं लोकसभाको निर्वाचन ७ चरणमा हुने भएको छ । अप्रिल ११ गतेदेखि सुरु हुने निर्वाचन मे १९ मा सम्पन्न हुनेछ । भारतीय निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको मितिबारे जानकारी गराएको हो ।

अप्रिल ११ पहिलो चरणको मतदान हुने छ । जसमा २० राज्यका ९१ सिटका लागि मतदान हुने छ । अप्रिल १८ मा १३ राज्यका ९७ सिटका लागि दोस्रो चरणको मतदान हुने छ भने अप्रिल २३ मा १४ राज्यका ११५ सिटका लागि मतदान हुने छ ।

चौथोँ चरणमा अप्रिल २९ का दिन ९ राज्यका ७१ सिटका लागि मतदान हुने छ भने मे ६ मा ७ राज्यका ५१ सिटका लागि मतदान हुने निर्वाचन आयोगले आइतबार जानकारी गराएको छ ।

मे १२ र मे १९मा हुने छैटौं र सातौ चरणमा क्रमशः ७ र ८ राज्यका ५९-५९ सिटका लागि मतदाताले भोट खसाल्ने छन् । ५ सय ४३ सिटका लागि हुने मतदानका लागि करिब ९० करोड योग्यता पुगेका मतदाता रहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: