Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रामचन्द्र पौडेलको प्रश्नः तातोपानीमा सँगै पौडी खेल्दैमा एकता हुन्छ?

कास्की, फागुन २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा पार्टी सभापतिसँगै नुहाउँदैमा पार्टी एकता नहुने बताएका छन् । पोखरामा आज प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा पौडेलले भावना र एजेण्डामा भएको एकता मात्र सार्थक हुने बताए ।

पार्टी सभापति देउवासँगै शनिबार म्याग्दीको तातोपानीमा पौडेलले नुहाएका थिए । ‘हामी एक भयौं भन्दैमा एकता हुने होइन,’ उनले भने, ‘भावनात्मक रुपमा एक हुनुपर्छ ।’ तोतोपानीमा सँगै पौडी खेल्दैमा एकता भयो भन्न नमिल्ने उनले बताए । ‘तातोपानीमा सँगै पौडी खेल्दैमा एकता हुन्छ?’ उनले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: