Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिरिज जित्नबाट चुक्यो अफगानिस्तान, आयरल्याण्ड ५ विकेटले विजयी

काठमाडौं, फागुन २६ । अफगानिस्तान विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ५ विकेटले विजयी भएको छ । यो जितसँगै आयरल्याण्डले पाँच खेलको सिरिज बराबर बनाउन सफल भयो । सिरिजको अन्तिम खेलमा अफगानिस्तानले दिएको २१७ रनको लक्ष्य आयरल्याण्डले ५ विकेट गुमाउँदै ४७.२ ओभरमा पूरा गर्यो ।

उसका लागि पउल स्ट्रर्लिङले ७०, एण्ड मलबिर्नीले ६८, कप्तान विलियम पोर्टरफिल्डले १७, सिमि सिंहले १३, केभिन ब्रायनले नटआउट ३३ रन बनाए । बलिङमा अफगानिस्तानका जाहिर खानले २, मोहम्मद नाबी, राशिद खान र मुजिउर रहमानले एक–एक विकेट लिए ।

यसअघि, अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ११६ रन बनायो । उसका लागि कप्तान अश्गर अफगानले ८२, मोहम्मद नाबीले ४०, राशिद खानले नटआउट ३५, जावेद अहमदीले २४, रहमत शाहले १७ रन बनाए । बलिङमा आयरल्याण्डका जर्ज डक्रेलले २, सिमि सिंह, जेमस क्यामरुन, टम मर्टघ, एन्डी म्याकब्रिनले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: