Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोली हानी युवकको हत्या

रुपन्देही, फागुन २७ । रुपन्देहीको देवदहमा गोली हानी एकजनाको हत्या भएको छ । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

मृतक पुरी तरुण दलका सकृय कार्यक्रर्ता रहेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिए । हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: