Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिटीलाई टक्कर दिँदै लिभरपुल

एजेन्सी, लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली म्यानचेस्टर युनाइटेडलाई टक्कर दिँदै गएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ४–२ गोलले हरायो ।

जितसँगै लिभरपुलले शीर्ष टोली सिटीसँगको अन्तर एक अंकमा झारेको छ । घरेलु मैदानमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिन्हो र साडियो मानेले दुई दुई गोल गरे । बर्नलीका एस्ले वेस्टवुड र जोहन गुडमन्डसनले एक एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । छैटौं मिनेटमा वेस्टवुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाए । १९औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । २९औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ६७औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

इन्जुरी समयमा बर्नलीका जोहनले गोल गरेका थिए । त्यसलगत्यै लिभरपुलका मानेले अर्को गोल थप्दै टोलीको जित सहज बनाएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलले ३० खेलबाट ७३ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको सिटीको ७४ अंक छ ३० अंक बनाएको बर्नली १७औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: