Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वल्र्डलिङ्कले १० हजार स्थानमा निःशुल्क वाईफाई दिने

काठमाडौं, फागुन २७ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसनले देशभरका १० हजारभन्दा बढी स्थानमा निःशुल्क वाईफाई हटस्पट उपलब्ध गराउने भएको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निःशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका करिब सबै विमानस्थल, सम्पदा क्षेत्रजस्ता सार्वजनिक स्थानमा निःशुल्क वाईफाई हटस्पट उपलब्ध गराइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । ‘अब एक वर्ष उक्त सङ्ख्या बढाएर १० स्थानमा निःशुल्क हटस्पट सञ्चालन गर्ने योजना छ’ उनले भने ।

करिब तीन लाख फिक्स्ड ब्रोडब्यान्ड ग्राहक रहेको वल्र्डलिङ्कले अहिलेसम्म ७० जिल्लामा सेवा विस्तार गरेको जनाएको छ । सुगम क्षेत्रमा फाइबर र दुर्गम क्षेत्रमा वायरलेसमार्फत सेवा उपलब्ध गराइरहेको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । उनका अनुसार आगामी तीन वर्षभित्र देशैभर फाइबरमार्फत आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।
मममत्यस्तै आगामी चार महिनाभित्र साना सहरहरूमा एक लाख पोर्ट थप गरेर सेवा विस्तार गर्न लागेको पनि उनले जानकारी दिए । कम्पनीले चर्चित पर्यटकीय क्षेत्र अन्नपूर्ण बेस क्याम्पसम्म पनि फाइबरमार्फत इन्टरनेट लैजाने तयारी गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: