Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बंगलादेशविरुद्ध न्यूजिल्याण्डका टेलरको दोहोरो शतक

काठमाडौं, फागुन २७ । बंगलादेश विरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा न्यूजिल्याण्डका रोस टेलरले दोहोरो शतक प्रहार गरेका छन् । उनले २१२ बलमा १९ चौका र ४ छक्का प्रहार गर्दै बंगलादेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । टेलरको दाेहाेराे शतककाे मद्दतले पहिलो इनिङमा न्यूजिल्याण्डले ६ विकेट गुमाउँदै ४३२ रन बनायो ।

उसका लागि हेनरी निकोलसले १०७, कोलिन डी ग्रेण्डहोमले नटआउट २३, कप्तान केन विलियम्सनले ४, जीत रावलले ३, बीजे वेइटिङले ८ रन बनाए ।

बलिङमा बंगलादेशका अबु जयदले ३, तजुल इस्लामले २, मुस्ताफिजुर रहमानले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पहिलो इनिङमा ६१ ओभरमा २११ रन बनाउँदै अलआउट भयो ।

उसका लागि तमिम इग्बालले सर्बाधिक ७४, शदमान इस्लामाले २७, लिटन दासले ३३, शाैम्य सरकारले २०, मोमिनुल हकले १५, कप्तान मोहमदल्लाहले १३ रन बनाउनु बाहेक अइनले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

बलिङमा न्यूजिल्याण्डका नील बैगररले ४, ट्रेन्ट बोल्टले ३, टिम साउथी, कोलिन डी ग्रेण्डहोम र म्याट हेन्रीले एक—एक विकेट लिए । ३ खेलको यो सिरिजमा न्यूजिल्याण्ड १—० लेअगाडि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: