Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पैसा र पासपोर्ट अब नेपालमै छापिने

काठमाडौं, फागुन २७ । पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाई नेपालमै गर्न सुरक्षा मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ। यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससित सम्झौता गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीमा तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख छ। यो खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: