कस्ता छन् साइकल चलाउनुका फाइदा?

काठमाडौं । सलमान खान, अनिल कपुरलगायत बलिउडका अधिकांश अभिनेता आफूलाई स्वस्थ र फिट राख्न साइक्लिङ गर्ने गर्छन् । तर, साइकल चलाउने संस्कृति खालि बलिउड सेलेब्रिटीमा मात्र सीमित छैन । नेपालमा पनि विभिन्न पेसामा आबद्ध कतिपय मानिसले शारीरिक तन्दुरुस्तीका लागि बिहान–बिहान साइक्लिङ गर्ने गरेको पाइएको छ । साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त एक्सरसाइजको माध्यम हो । विशेषगरी, तराई–मधेसमा साइकल यातायातको गतिलो माध्यम बनेको छ । दैनिकी बन्ने गरेको साइकलले स्वास्थ्यलाई फाइदा पु-याउँछ भन्ने धेरैलाई थाहा नहोला । यदि, थाहा छैन भने जान्नुहोस् ! दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ । अब जानौँ साइक्लिङ गर्दाका लाभ :

याे पनि पढ्नुस  ‘साइकल चढ्नाले पुरुषलाई हानी गर्दैन’

रक्तचाप नियन्त्रण
नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ । साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ । जसले शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ ।

मांसपेशी मजबुत
साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ । साथै, साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ ।

याे पनि पढ्नुस  ‘साइकल चढ्नाले पुरुषलाई हानी गर्दैन’

मोटोपन घट्छ
दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन । यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ । यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन । स्वतः तौल नियन्त्रण हुन्छ ।

याे पनि पढ्नुस  ‘साइकल चढ्नाले पुरुषलाई हानी गर्दैन’

दिमागी शक्ति बढाउँछ 
अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको एक अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति (बे्रन पावर) बढी हुने देखाएको छ । साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने भएकाले मस्तिष्क विकासका लागि समेत यो उपयोगी मानिएको छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्