शहीदलाई सम्झदै घरघरमा पुग्यो वाईसीयल, देशभर अभिनन्दन

काठमाडौं, फागुन २७ । वाईसीयल नेपालको अयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान गरिने भएको छ । वाईसीयलले देशभर जिल्ला तथा भौगौलिक अनुकूलताअनुसार संयुक्त रूपमा जिल्लाका शहीद परिवारलाई सम्मान गर्ने भएको हो ।

७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने वाईसीयलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी िदए ।

याे पनि पढ्नुस  के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?

उनकाअनुसार शुक्रवार पेरिसडाँडामा हुने कार्यक्रममा काठमाडौ, ललितपुर र भक्तपुरको संयुक्त हुनेछ भने पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले अभिनन्दन गर्नेछन् ।

अध्यक्ष दीपशिखाले युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत  भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको छ । महासचिव सुबोध शेर्पालीका अनुसार जिल्लामा प्रतिनीधिमुलक कार्यक्रम भएपनि बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल शहिद परिवारको घरघरमा पुग्नेछ । कार्यक्रमका लागी संगठनका नेताहरू देशदौडाहामा छन् ।

याे पनि पढ्नुस  के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?

कमेन्ट गर्नुहोस्