संविधानविपरितका गतिविधि स्वीकार नगरिने- गृहमन्त्री

भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिएका छन् ।

भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए ।

याे पनि पढ्नुस  सिके राउतलाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे ।

उनले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् ।

राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको संज्ञा दिए ।

याे पनि पढ्नुस  सीके राउतसँगको सम्झौतामा जस–अपजस सरकारकै: प्रचण्ड [अन्तर्वाता]

विप्लव खतरा

गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको समेत उल्लेख गरे ।

सुरक्षा गोष्ठीमा गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिवलगायतको सहभागिता छ । इमेजखबरबाट

याे पनि पढ्नुस  सिके राउतबारे गृहमन्त्रीको कडा प्रतिक्रिया, सरकार लाचार भएर बस्दैन

 

कमेन्ट गर्नुहोस्