रत्ननगरले वनसंग आश्रित समुदायको बीमा गर्ने

रत्ननगर, फागुन २७ । रत्ननगर नगरपालिकाले वनसँग आश्रित समुदायको बीमा गरिदिने भएको छ ।

निकुञ्ज र सामुदायिक वनको सीमानाका बस्तीमा बसोवास गर्ने विपन्न समुदायको नगरपालिकाले बीमा गर्ने मेयर नारायण वनले बताए । सरकारले निकुञ्जभन्दा बाहिरको क्षेत्रमा वन्यजन्तुले आक्रमण गरेर मृत्यु भए मात्र क्षतिपूर्ति रकम दिने गरेको छ ।

याे पनि पढ्नुस  खेतीका लागि मल अभाव हुँदा कृषकहरु मर्कामा

निकुञ्जभित्र वन्यजन्तुको आक्रमणबाट मृत्यु भए केही पाउने व्यवस्था छैन मेयर वनले भने जंगल र बस्ती दुबैमा वन्यजन्तुले आक्रमण गर्दा क्षति भए रकम पाउने गरी बीमा गर्न लागेका छौं । नगरपालिकाले पाँच लाखको बीमा गर्न लागेको हो । बीमाको लागि कम्पनी संग कुरा भइरहेको र यो काम छिट्टै सुरु हुने मेयर वनले बताए ।

याे पनि पढ्नुस  बनाएर नसकिदै भत्कियो सडक, मर्मतले पनि भएन

सबैभन्दा पहिला वनसंगको निर्भरता हटाउने हो उनले भने वन जानैपर्ने अवस्थाका मान्छेलाई केही भए उनीहरुले रकम पाउने गरी बीमा गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस्