Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पोखरामा बन्दै, नेपालकै ठूलो स्टेडियम

पोखरा, फागुन २७ । ठेक्का सम्झौताको दुई महिनापछि बहुप्रतिक्षित पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको आइतबार शिलान्यास भएको छ । १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको स्टेडियम नेपालकै ठूलो हुनेछ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियम निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए । मन्त्री विकले भने, ‘तोकिएकै मितिभित्र निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ भन्ने विश्वस्त छौं ।’

उनले तोकिएकै मितिमा पूरा गर्दै कुशल निर्माणको परिचयलाई अझ उजिल्याउनुे काम गर्नुपर्ने भन्दै कम्पनी नै अनुहार रातो बनाएर जाने वातावरण सिर्जना कतैबाट नहुने आश्वस्त पारे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ मास्टर प्लान बनाई कार्ययोजना बनाउनुपर्ने बताए ।
‘पुरानो मास्टर प्लान परिवर्तन गर्नुपर्छ । हिजोको आवश्यकता अनुसार बनाइएको थियो । अब अहिलेलाई हरेर भविष्यका लागि बनाउन जरुरी छ,’ उनले भने, ‘त्यो गुरुयोजना पूरा हुन १०र१५ वर्ष नै लागोस् ।’ उनले पोखरा रंगशालाको फुटबल स्टेडियम आगामी असार मसान्तभित्रमा पूरा गर्नुपर्ने जिम्मेवारी कम्पनीको रहेको बताए ।

सदस्य सचिव विष्टले पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको गति अख्तियारमा परेको उल्लेख गर्दै अख्तियारले क्लिन चिट दिन गरेको ढिलाइले निर्माणको काम ढिला हुन गएको जिकिर गरे ।

१ अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपछि १ अर्ब ३० करोडमा निर्माण पूरा हुने विश्वास दिलाए । उनले ३० हजार दर्शक क्षमता बढाउन मिल्ने गरी पूर्वाधार बनाइने दाबी गरे ।

राखेपले पोखरा फुटबल स्टेडियम निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोट्स एन्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरी जिम्मेवारी सुम्पेको हो ।

फिफाको मापदण्डअनुसार १ सय ५ मिटर लम्बाइ ६८ मिटरको चौडाइ हुनुपर्ने छ । एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याक हुनुपर्ने उल्लेख छ । ४ सय मिटरको आठ लेनको सिन्थेटिक ट्र्याक हुनु पर्नेछ ।

स्टिल मोडुलर सिस्टमको स्टेडियम नेपालमै पहिलो भएको दाबी कम्पनीले गरेको छ । सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट
आउनेछ ।

पोखरा रगंशालाको कुल क्षेत्रफल ४ सय १७ रोपनी छ । क्रिकेट, स्विमिङ पुल, सडक, मार्सल आर्ट कभर्ड हल बनाउन बाँकी छ । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल निर्माणाधीन अवस्थामा छन् । रंगशालाभित्र साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । यो समाचार आजको

पोखरामा नेपालकै ठूलो स्टेडियम बन्ने

पोखरा, फागुन २७ । ठेक्का सम्झौताको दुई महिनापछि बहुप्रतिक्षित पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको आइतबार शिलान्यास भएको छ । १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको स्टेडियम नेपालकै ठूलो हुनेछ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियम निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए । मन्त्री विकले भने, ‘तोकिएकै मितिभित्र निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ भन्ने विश्वस्त छौं ।’

उनले तोकिएकै मितिमा पूरा गर्दै कुशल निर्माणको परिचयलाई अझ उजिल्याउनुे काम गर्नुपर्ने भन्दै कम्पनी नै अनुहार रातो बनाएर जाने वातावरण सिर्जना कतैबाट नहुने आश्वस्त पारे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ मास्टर प्लान बनाई कार्ययोजना बनाउनुपर्ने बताए ।
‘पुरानो मास्टर प्लान परिवर्तन गर्नुपर्छ । हिजोको आवश्यकता अनुसार बनाइएको थियो । अब अहिलेलाई हरेर भविष्यका लागि बनाउन जरुरी छ,’ उनले भने, ‘त्यो गुरुयोजना पूरा हुन १०र१५ वर्ष नै लागोस् ।’ उनले पोखरा रंगशालाको फुटबल स्टेडियम आगामी असार मसान्तभित्रमा पूरा गर्नुपर्ने जिम्मेवारी कम्पनीको रहेको बताए ।

सदस्य सचिव विष्टले पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको गति अख्तियारमा परेको उल्लेख गर्दै अख्तियारले क्लिन चिट दिन गरेको ढिलाइले निर्माणको काम ढिला हुन गएको जिकिर गरे ।

१ अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपछि १ अर्ब ३० करोडमा निर्माण पूरा हुने विश्वास दिलाए । उनले ३० हजार दर्शक क्षमता बढाउन मिल्ने गरी पूर्वाधार बनाइने दाबी गरे ।

राखेपले पोखरा फुटबल स्टेडियम निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोट्स एन्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरी जिम्मेवारी सुम्पेको हो ।

फिफाको मापदण्डअनुसार १ सय ५ मिटर लम्बाइ ६८ मिटरको चौडाइ हुनुपर्ने छ । एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याक हुनुपर्ने उल्लेख छ । ४ सय मिटरको आठ लेनको सिन्थेटिक ट्र्याक हुनु पर्नेछ ।

स्टिल मोडुलर सिस्टमको स्टेडियम नेपालमै पहिलो भएको दाबी कम्पनीले गरेको छ । सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट
आउनेछ ।

पोखरा रगंशालाको कुल क्षेत्रफल ४ सय १७ रोपनी छ । क्रिकेट, स्विमिङ पुल, सडक, मार्सल आर्ट कभर्ड हल बनाउन बाँकी छ । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल निर्माणाधीन अवस्थामा छन् । रंगशालाभित्र साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: