Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वास्थ्यका लागि लसुन खानुको फाइदा के के हुन् ?

० बिहान खाली पेटमा काँचो लसुनकोे केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ । रक्तसञ्चार नियमित हुनुका साथै मुटुरोगलाई समेत फाइदा गर्छ ।

० लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ । यसमा हुने हिलिङ गुणले शरीरमा रहेको फ्री अक्सिजन रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ ।

० लसुनमा ब्याक्टेरिया प्रतिरोधी क्षमता तथा पीडानाशक गुण हुन्छ । त्यसैले यसको केस्रा चपाउँदा दाँत दुखाइ कम हुन्छ ।

० नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ । दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस, फोक्सोमा पानी जम्नेलगायत समस्याबाट छुटकारा मिल्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: