Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री भन्छन्, ‘पृथकतावादको अन्त्य हुँदा कोहीकोही मुर्मुरिएका छन्’

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादको अन्त्य हुँदा कोहीकोही मुर्मुरिएका बताएका छन् । सोमबार राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्नेसमेत बताए ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्‍याउने कुरामा जनमत संग्रह गर्ने भन्ने सोच्न पनि नमिल्ने कुरा हो।’ प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: