Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सरु र ध्रुबको गीतमा ‘मेरो प्रेम प्रस्ताव’मा शिल्पा र दिक्पालको यस्तो छ रोमान्स

सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुव बिस्कोको नयाँ गीत मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम ‘मेरो प्रेम प्रस्ताव’को म्युजिक भिडियो लिएर आएकी हुन् । कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सव दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् ।

भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् । हेर्नुहोस यस्तो छ भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: