बेहुलाले रक्सी खाएपछि बेहुलीद्वारा विवाह अस्वीकृत !

बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले रक्सी खाएर मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारी नाम गरेकी युवतीको बब्लु कुमारसँग शनिबार विवाह गर्ने तयारी भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीको स्वागतको भव्य तयारी, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् । अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।

कमेन्ट गर्नुहोस्