Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइजीपी खनाल भन्छन्, ‘गुण्डागर्दी अब समाप्त पारिन्छ’

परासी, फागुन २७ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले गुण्डा र अपराधीलाई तह लगाएरै छाड्ने दाबी गरेका छन् । पश्चिमी नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्घाटन गर्दै आइजीपी खनालले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘देशमा बढ्दै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाक्लाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेका छौं ।’

प्रहरी महानिरिक्षक खनालले अपराधी तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको बताए । उनले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनीति अप्नाएर काम गरिरहेको समेत जानकारी दिए ।

खनालले एक औपचारिक कार्यक्रमबीच नवलपरासीको सुनवल नगरपालिका ११ जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको नव निर्मित कार्यालय भवनको रिबन काटेर उद्घाटन पनि गरे । प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयाँमा ३ तल्ले २४ कोठे भवनको निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: