Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु

सल्यान, फागुन २८ । सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएपछि तत्कालै उनीहरुलाई जिल्ला अस्पताला लगिएको थियो । राति १० बजे उनीहरु दुबैजनाको ज्यान गएको हो । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: