माईभ्याली गोल्डकपः आज पुलिस र दार्जिलिङ खेल्दै

इलाम, फागुन २८ । इलाममा भइरहेको माईभ्याली गोल्डकप प्रतियोगिताअन्तर्गत आज विभागीय टिम नेपाल पुलिस क्लब र भारतको युनाइटेड दार्जिलिङ क्लब भिड्दै छन् । दार्जिलिङ आयोजक माईभ्याली फुटबल क्लब, इलामलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सपल भएको थियो ।

प्रतियोगिताको सोमबार भएको खेलमा ए डिभिजन क्लब हिमाल शेर्पाले क्वाटर फाइनल प्रवेश गरेको छ। उसले हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। सेमीफाइनल प्रवेशका लागि हिमालन शेर्पाले थ्रीस्टार क्लबको सामना गर्नेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: