Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कक्षा ८ को प्रश्नपत्र चोरी

बर्दिया, फागुन २८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परिक्षाको प्रश्नपत्र विद्यालयबाटै चोरी भएको छ । ठाकुरबाबा नगरपालिका ६ बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरी सोमबार राति प्रश्नपत्र चोरी भएको हो । परीक्षा आइतबारदेखि सुरु भएको छ ।

गर शिक्षा शाखा प्रमुख सीता भण्डारीका अनुसार नचिनेका व्यक्तिले सोमबार राति विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला तोडेर कक्षा ८ का अधिकांश विषयका प्रश्नपत्र चोरी गरेका हुन् ।

प्रश्नपत्रसँगै विद्यालयमा रहेको एउटा ल्यापटपसमेत चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रश्नपत्र चोरी भएपछि मंगलबार र बुधबार दुईदिनका लागि परीक्षा स्थगित गरिएको र परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर बिहीबारदेखि नियमित सुचारु गरिने नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: