Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउबाको आरोप- सीके राउतसँग सम्झौता गर्दा हामीसँग सल्लाह गरेनन्

पोखरा, फागुन २८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीके राउतसँग सम्झौता गर्नुपूर्व आफूहरूसँग कुनै सल्लाह नगरेको आरोप लगाएका छन् । मंगलबार पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउबाले यसो बताएका हुन् ।

देउबाले सम्झौतापछि पनि पृथकतावादी गतिविधिलाई यथावत राख्ने सीके राउतको गतिविधि राष्ट्रघाती भएको भन्दै आक्रोश व्यक्त गर्दै नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्ताविरुद्ध कुनै पनि मनसायले हुने गतिविधि सह्य नहुने बताए ।

सरकारसँग सम्झौता भएपछि पनि सीकेले राष्ट्रघाती गतिविधि जारी राखेको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । राउतले जनमतसंग्रह गरेर देश टुक्राउने अभिव्यक्ति दिइरहेकोमा कांग्रेस यसको खिलापमा देउबाले बताए ।

‘पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने कार्य स्वागत योग्य छ तर सहमति पछिपनि देश टुक्राउने गतिविधिप्रति हाम्रा आपत्ती छ’ देउवाले भने ।
उनले सरकारले एक वर्षमा एउटा पनि राम्रा काम नगरेको भन्दै कडा आलोचना गरे ।

स्थानीय तहको अधिकार खोस्ने र संघीयतालाई नै कम्जोर बनाउने गतिविधि सरकारले गरेको देउबाले आरोप लगाए । सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै उनले भने–‘ फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोज्नु प्रजातन्त्रमाथिकै प्रहार हो’ अन्नपूर्ण पोस्टबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: