Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मंगलबारदेखि साफ च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

विराटनगर, फागुन २८ । पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ ।

गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो ।

फिफा वरीयतामा १०८औं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको ९ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन ।

त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा नेपालले समान ८—० को जित हात पारेको थियो । इस्लामावादमा २०१४ मा भएको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी सावित्रा भण्डारी त्यही खेलमा एक गोल गरेकी थिइन् । सिलीगुढीमा २०१६ को भेटमा कीर्तिमान ६ गोल गरिन् । नेपालको लागि २२ गोल गरेकी उनलाई सहिद मैदानमा रोक्न भुटानी टिमलाई गाह्रो हुनसक्छ ।

‘पहिलो खेलको लागि मानसिक, शारीरिक रुपमा तयार छौं,’ नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं । सजिलो रुपमा कसैलाई लिएका छैनौं । राम्रो खेल्छौं, त्यसैका लागि कोसिस गर्नेछौं ।’

भुटानी टिम दक्षिण कोरियाली प्रशिक्षक सुङ जाए लीले सम्हालेका छन् । उनले भने, ‘हाम्रो टिममा यू १९ टिमका धेरै खेलाडी छन् । भविष्यमा केन्द्रित भएर टिम बनाइएको हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ भुटानी टिमकी कप्तान सोन्मा छोदेनले भनिन्, ‘नेपाल धेरै बलियो टिम हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । यो साफ हाम्रो लागि राम्रो अनुभव हुनसक्छ ।’

सम्भावित नेपाली टिम

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा

डिफेन्सः मनमाया लिम्बु, गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल

मिडफिल्डः मन्जली कुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत

फरवार्डः निरु थापा, सावित्रा भण्डारी

मुख्य प्रशिक्षकः हरि खड्का

कमेन्ट गर्नुहोस्

%d bloggers like this: