Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लिटिल मिस हेरिटेज नेपालको आवेदन खुला

काठमाडौं, फागुन २८ । ‘लिटिल मिस हेरिटेज नेपाल–२०१९’ को आवेदन खुला भएको छ ।

आयोजक जेनिथ इन्टरटेनमेन्टका अनुसार ‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’ का लागि १३ देखि १७ वर्षसम्मका छात्राहरुले आवेदन दिन सक्ने छन् ।

‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकारात्मक विकास गरार्इ उनीहरुको ब्यक्तित्व विकास र आत्मविस्वास अभिवृद्धि गरी मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ इन्टरटेनमेन्टका सीईओ विक्रम सिङ मैनालीले बताए ।

जेनिथ इन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाा बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने छ । प्रतियोगिताको पहिलो अडिसन यही चैत २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हुँदैछ ।

प्रतियोगितामा सिनियर तथा जुनियर एकएक विजेता छानिने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: