Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘सब कुशल मंगल है’ को शुभ मुहुर्त, नवनायिकामा रिवा किसनको प्रवेश

काठमाडौं, फागुन २८ । भोजपुरी चलचित्रका मेगास्टार रवि किसनकी छोरी रीवा किसन पनि चलचित्रमा पदार्पण गर्दैछिन् ।

रीवा किसनको पहिलो चलचित्र ‘सब कुसल मंगल है’को शुभ मुहूर्त गत शनिबार झारखण्डको राजधानी राँचीमा गरिएको छ । आफ्नी छोरीको पहिलो चलचित्रको शुभ मुहुर्तका अवसरमा रवि किसन आफ्नी श्रीमती प्रीति शुक्लाका साथ उपस्थित थिए ।

उक्त अवसरमा पद्मिनी कोल्हापुरी, निर्देशक करण कश्यप तथा चलचित्रका अभिनेता प्रियांक शर्मा समेत देखिन्थे । रीवासँग जोडी बनाउन लागेका प्रियांक शर्मा पद्मिनी कोल्हापुरीका छोरा हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: