Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, फागुन २८ । भक्तपुरबाट हेटौँडाका लागि छुटेको जन्ती बोकेको बस मकवानपुरमा दुर्घटना भएको छ । दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । आज (मंगलबार) भएको उक्त दुर्घटनामा थप पाँच जना गम्भीर घाइते भएका छन् ।

ना २ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो। प्रहरी अहिले उद्दारमा लागेको जिप्रका मकवानपुरले जानकारी दिएको छ। बस दुर्घटनाको विस्तृत जानकारी आइसकेको छैन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: