काठमाडौं, फागुन २८ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला भद्रगोलका प्रमुख पात्र हुन् पाँडेको चरित्रप्रति नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ । पाँडेको चरित्रप्रति विरोध जनाउँदै हालै पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्रसमेत पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’
भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ । हेर्नुस् यस्तो छ पाण्डे समाजको विज्ञप्ति-