प्रधानमन्त्रीको प्रश्नः जहाँजहाँ धेरै पैसा छ, त्यहीँ बम हान्नेहरुसँग केको वार्ता?

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको आजको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली भन्छन्, ‘सरकारको कामले संसार आश्चर्यचकित छ’

“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्”, उनले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।”

याे पनि पढ्नुस  पानीजहाज चलाउनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भने, “कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”

याे पनि पढ्नुस  बाबुराम भट्टराईको प्रधानमन्त्री ओलीलाई सुझाव –'घोषणा मै सिमित हुने परम्परा परम्परा तोड्नोस्'

यही फागुन २४ गते सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो । उनले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्