Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

च्याम्पियन्स लिगः रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वार्टरफाइनलमा

एजेन्सी, क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।

पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: