Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उमेर नपुग्दै यसकारणले देखिन्छ बुढोपन

काठमाडौं, फागुन २९ । सामान्यतया बच्चाको छाला कोमल हुन्छ । उमेर वढ्दै जाँदा बिस्तारै छालामा रुखोपन र फिक्कामन आउन सुरु गर्छ । अझ बुढेसकाल लाग्दै गएपछि त छाला चाउरी पर्छ। जीर्ण हुँदै जान्छ। यो एउटा प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अबस्थामा उमेर नपुग्दै बुढ्यौली देखा पर्न थाल्छ। जसलाई चिकित्सकीय भाषामा एन्टी एजिङ समस्या भनिन्छ ।

आजसम्म मानिसमा एन्टी एजिज समस्या के कारणले हुन्छ भन्ने तथ्य पूर्णरुपमा पत्ता लागेको छैन । तर वंशानुगत गुण र वातावरणीय प्रभावलाई मुख्य कारण मानिएको छ । दिनप्रतिदिन वढ्दै गएको धुलो, धुँवा, वाष्पीकरण, सोझो घामको किरण आदिजस्ता कारणले छालालाई असर गरिरहेको हुन्छ । उमेर वढ्दै गएपछि छाला पातलो हुँदै जान्छ। छाला र मांसपेशीबीचको बोसो कम हुन्छ ।

यस्तो हुँदा अनुहार लगायत शरीरका अन्य अंगको छाला झोलिन थाल्छ र शिथिल हुन्छ । छालाको चमक कायम राख्नका निम्ति आन्तरिक परिवर्तन नै महत्वपूर्ण हुन्छ । तसर्थ, खानपान, जीवनशैली आदिमा विशेष ध्यान पुर्याउनुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: