Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्याब्सनको नेतृत्वमा सहमति

काठमाडौं, फागुन २९ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को १४औंं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्व अध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ । विधानमा नभएको सह–अध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ ।

सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे रहेका छन् । पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ ।

कूल २ हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा बुधबार निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: