Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लगातार घटिरहेको सुनको भाउ ह्वात्तै बढ्यो

काठमाडौं, फागुन २९ । बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन तोलामा ६० हजार ३०० रुपैयाँले कारोबार भएको थियो भने बुधबार बढेर ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी छ ।

यस्तै, तेजावी सुन ६० हजारमा कारोबार भएको थियो भने आज भने बढेर ६० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने बजारमा चाँदीको मूल्य यथावत रहेको छ ।

मंगलबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आज पनि यही ७४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: