Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वविद्यालयपिच्छेका सेवा आयोग खारेज एउटै आयोग बनाउने प्रस्ताव

काठमाडौं, फागुन २९ । मुलुकमा हाल ११ वटा विश्वविद्यालय छन् र विश्वविद्यालय नै पिच्छे सेवा आयोग पनि छन् । तीमध्ये कतिपय आयोगमाथि न्यूनतम मापदण्डसमेत नपुर्याइ भनसुन र भागबण्डाका आधारमा शिक्षक र कर्मचारी नियुक्त गरेको आरोप छ ।

उच्चशिक्षाको स्तर खस्किनुमा नियुक्तिमा मनपरि पनि एउटा कारण भएको निष्कर्षसहित मन्त्रालयले अधिकारसम्पन्न स्वतन्त्र विश्वविद्यालय सेवा आयोग गठनको प्रस्ताव गरेको हो । प्रस्ताव अनुसार संघीय शिक्षा ऐन बने ११ वटै विश्वविद्यालयका सेवा आयोग खारेज हुनेछन् ।

आयोग पाँच सदस्यीय हुने तथा त्यसका लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था मन्त्रालयले गर्ने संघीय शिक्षा ऐनको मस्यौदामा उल्लेख छ । आयोगमा मन्त्रालयले कर्मचारीको व्यवस्था गर्ने प्रस्तावप्रति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले भने असहमति जनाएको छ ।

हाल सेवा आयोगका पदाधिकारीले विश्वविद्यालयका उपकुलपतिसरह सेवा सुविधा पाउँदै आएका छन् । त्यसैले एउटा मात्र आयोग हुँदा खर्च कटौति हुने मात्र होइन, शिक्षक, कर्मचारी नियुक्तिमा एकरुपता पनि कायम भइ हालको बेथिति अन्त्य हुने अपेक्षा छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: