Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वास्थ्य मन्त्रालयद्वारा कमसल झुल वितरण

काठमाडौं, फागुन २९ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको टोकाइबाट बच्न कैलालीसहित १८ जिल्लामा कीटनाशक झुल वितरण गरिरहेको छ ।

बाहिरी साजसज्जा आकर्षक छ । तर, प्रयोग गर्दा निकै कमसल र विगतमा बाँडिएको जति बलियो पनि नभएको उपभोक्ताले बताएका छन् । शोभिका इम्पेक्सले उत्पादन गरेको लेखिएपनि उक्त कम्पनीको ठेगाना खुलाइएको छैन ।

रोग नियन्त्रण महाशाखाले जिल्लामा कुनै संयन्त्र नै नभएको लाइफलाइन नामक गैरसरकारी संस्थाबाट झुल वितरणको जिम्मा दिएको छ । त्यस संस्थाका आधिकारिक प्रधिनिधि जिल्लामा छैनन् । ज्यालादारी कर्मचारी आफूलाई यसको गुणस्तरबारे जानकारी नभएको बताउँछन् भने जिल्लास्थित सरकारी निकायसँग समन्वय नै गरिएको छैन ।

वितरण गर्ने संस्थाको लापरबाहीका कारण कमसल झुल पनि कतिपयले चाहिनेभन्दा बढी पाएका छन् भने कतिपय वञ्चित छन् । सबै वडामा जनप्रतिनिधि हुँदा पनि एनजीओबाट झुल वितरण हुँदा समस्या भएको जनप्रतिनिधिको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट हुने मलेरिया, कालाजार र डेंगुबाट बच्न झुल सहयोगी हुन्छ । तर यसको गुणस्तरदेखि गैरसरकारी संस्थाको संलग्नतामाथि छानबिन हुन जरुरी छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: