Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शन, भारतविरुद्ध ख्वाजाद्वारा शतक प्रहार

काठमाडौं, फागुन २९ । भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि अष्ट्रेलियाका ओपनर उश्मान ख्वाजाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यो खेलमा शतक प्रहार गरेका छन् ।  ख्वाजाले १०२ बलमा आफ्नो शतक पूरा गरे । उनले शतक १० चौका र २ छक्काको मद्दतले १०० रन बनाए ।

यसअघिका ४ खेलमा ख्वाजाले क्रमशः ५०, ३७, १०४ र ९१ रन प्रहार गरे । सिरिजमा उनी विराट कोहलीलाई पछि पार्दै सर्बाधिक रन बनाउने सूचीको पहिलो स्थानमा छन् । विराट दोस्रो नम्बरमा छन् । टस जितेर ब्याटिङ गर्ने निधो गरेको अष्ट्रेलियाले निर्णायक खेलमा पहिलो विकेट १४.३ ओभरमा कप्तान आरोन फिंचलाई गुमाएको छ । उनलाई रविन्द्र जडेजाले २७ रनमा मैदान पभियलनको बाटो देखाए ।  यो समाचार तयार पार्दासमम अष्ट्रेलियाले एक विकेट गुमाउँदै ३२ ओभरमा १७४ रन बनाएको छ ।

पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ । निर्णायक खेलमा भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनले आज टिममा समावेश गरेको छ । उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ । यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: