नेपाली आकाशमा बोइङ ७३७ म्याक्स प्रतिबन्धित, भारत पनि यसै बाटोमा

काठमाडौँ, फागुन २९ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि नेपालले बोइङ ७३७ म्याक्स मोडेलका विमानहरूको उडानमा प्रतिबन्ध लगाएको छ ।

अब नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस मोडेलका विमान अवतरण गर्न पाउने छैनन् ।

यसका साथै यस मोडेलका विमान नेपालको आकाश प्रयोग गरेर समेत उड्न सक्ने छैनन् ।

नेपालमा सिङ्गापुरको सिल्क एयरले ७३७ म्याक्स ८ जहाज काठमाडौँ सिंगापुर उडानमा प्रयोग गर्दै आइरहेको थियो ।

सिङ्गापुरले यस मोडेलको उडानमा रोक लगाएपछि उक्त कम्पनीले उक्त विमानलाई अर्कोले प्रतिस्थापित गरेको समाचार मंगलबार प्रकाशित भएको थियो ।

नेपाली विमान सेवा प्रदायकहरूमा बुद्ध एयरले २०२० सम्म बोइङ ७३७ म्याक्स भित्र्याउने तयारी गरिरहेको बताइन्छ ।

भारतमा पनि प्रतिबन्ध

याे पनि पढ्नुस  भारतीय क्रिकेटर विराट कोहलीको टेष्ट क्रिकेटमा अर्को सफलता

भारतको नागरिक उड्डयन मन्त्रालयले बुधबार अपरान्ह ४ बजेपछि भारतीय आकाशमा बोइङ ७३७ म्याक्सलाई प्रवेश गर्न निधेध गरेको छ ।

मन्त्रालयले ट्वीट गर्दै भनेको छ, “आज साँझ ४ बजेपछि नागरिक उड्डयन मन्त्रालयले भारतीय हवाई क्षेत्रमा बोइङ ७३७ म्याक्स मोडेलको प्रवेशमा रोक लगाइएकोछ ।”

यसअघि मन्त्रालयले यात्रीहरूको सुरक्षाका लागि भन्दै देशभित्रबाट उडान भर्ने यस मोडेलका विमानहरूलाई उडाउन प्रतिबन्धित गरेको थियो ।

मन्त्रालयको आजको निर्णयले कुनै पनि अन्य देशका यस मोडेलका विमान भारतीय विमानस्थलहरूमा अवतरण गर्न पाउने छैनन् र भारतीय आकाश भएर अर्को देश पनि जान पाउने छैनन् ।

भारतमा स्पाइस जेट र जेट एयरवेजले यस मोडेलको प्रयोग गर्ने गरेको बताइन्छ । उनीहरूले कम इन्धन खपत हुने मानिएको यस मोडेलको प्रयोगबाट ठुलो धनराशी जोगाउने आकलन गरेका थिए ।

याे पनि पढ्नुस  भारतमा बस दुर्घट्ना, ८ को मृत्यु

आइतबार इथियोपियन एयरलाइन्सको १५७ जनाको ज्यान जाने गरेर भएको विमान दुर्घटनापछि ब्रिटेन, चीन र अन्य थुप्रा देशहरूले यस कम्पनीद्वारा निर्मित अत्याधुनिक विमान ७३७ म्याक्समाथि प्रतिबाँध लगाएका थिए ।

बोइङ जेट अमेरिकास्थित विश्वप्रसिद्ध विमान निर्माण कम्पनी बोइङ कमर्सियल एयरप्लेन्सले निर्माण गर्ने गर्दछ । एक सय दुई वर्ष पुरानो यो कम्पनी विश्वको सबैभन्दा प्रतिष्ठित विमान निर्माण कम्पनीमा पर्दछ ।

सुरक्षा दाबीमाथि नै शंका 

सन् २०१७ को मे महिनामा कम्पनीले ७३७ म्याक्स ८ को पहिलोपटक सार्वजनिक उडानका लागि विमान कम्पनीहरूलाई उपलब्ध गराएको थियो ।

हालसम्मकै सबैभन्दा सुरक्षित विमान भनेर दाबी गरिएको भएपनि गएको पाँच महिनामा यस मोडेलका दुई विमान दुर्घटनाग्रस्त भैसकेका छन् । इथियोपिया दुर्घटनापछि यस विमान मोडेलको सुरक्षालाई लिएर चासो बढेको छ ।

याे पनि पढ्नुस  भारतमा निर्माणाधीन भवन ढल्दा नेपालका एकै परिवारका तीन जनाको मृत्यु

अमेरिकी अधिकारीहरूले भने यो विमान नागरिक उडानका लागि सुरक्षित भएको बताएका छन् । तर त्यहाँविमान चालकदलका सदस्यहरूको संगठन यूएस एसोसिएशन अफ अटेंडेंट्स-सीडब्ल्युएले त्यहाँको संघीय उड्डयन प्रशासनसँग अमेरिकामा ७३७ म्याक्स विमानहरूको उडानमा अस्थायी रूपले रोक लगाउन अपिल गरेको थियो ।

त्यस्तै युरोपियन युनियनले समेत यस मोडेलको उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

बोइङ जेटहरूको बिक्रीको कुरा गर्ने हो भने सबै भन्दा छिटो बेचिनेमा ७३७ म्याक्स आउँछ । अहिले पनि कम्पनीलाई पाँच हजार बढी विमानहरूको अर्डर रहेको थियो ।

कमेन्ट गर्नुहोस्