Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अष्ट्रेलियाको लगातार विकेट पतन, भारतविरुद्ध पीटरको अर्धशतक

काठमाडौं, फागुन २९ । भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि अष्ट्रेलियाका पिटर ह्यान्सकमले अर्धशतक प्रहार गरेका छन् । उनले आज ५५ बलमा अर्धशतक प्रहार गरेका हुन् । ५० रन पूरा गर्दा पिटरले ४ चौका प्रहार गरे ।

यसअघिका ४ खेलमा पीटरले क्रमशः १९, ४८, ० र ११७ रन बनाए । टस जितेर ब्याटिङ गर्ने निधो गरेको अष्ट्रेलियाले निर्णायक खेलमा पहिलो विकेट १४.३ ओभरमा कप्तान आरोन फिंचलाई गुमायो ।

यस्तै, ग्नेन म्याक्सवेल १ र उश्मान ख्वाजाले १०० रन बनाउँदै मैदान बाहिरिए । यो समाचार तयार पार्दासमम अष्ट्रेलियाले ४ विकेट गुमाउँदै ३८.२ ओभरमा १९४ रन बनाएको छ ।

पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ । निर्णायक खेलमा भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनले आज टिममा समावेश गरेको छ ।

उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ । यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिएको छ। को—कोले पाए आज मौका ? हेर्नुस्—

कमेन्ट गर्नुहोस्

%d bloggers like this: