Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन मलेशियाका लगानीकर्तालाई नेपाली दूतावासको अनुरोध

मलेशिया,फागुन २९।नेपाल सरकारले आँउदो मार्च २९ र ३० तारीख काठमाडौंमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन नेपाली दूतावास मलेशियाले इच्छुक लगानीकर्ता तथा व्यावसायि लाई अनुरोध गरेको छ।

अन्तरास्ट्रिय लगानी सम्मेलन को प्रचारप्रसार गर्ने उदेश्यले नेपाल लगानी बोर्ड (IBN) र विश्व बैंक मलेशियाको संयूक्त आयोजनामा बुधबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित Pre- Summit Promotional Road Show कार्यक्रममा मलेशियाका लागि नेपालका नवनियूक्त राजदूत उदयराज पाण्डेले लगानीकर्ता लाई ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरेका हुन।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपालमा ठूलो बहुमत सहितको स्थिर सरकारले आफ्नो सम्पूर्ण ध्यान देशको आर्थिक विकासमा केन्द्रित गरेको अवस्थामा नेपाल भारत र चीन जस्ता विश्वकै द्रुत गतिका साथ उदयिमान देशको बजार निकटताका साथै नेपालभित्रकै पनि तीन करोड जनसंख्यामा आधारित बढ्दो आन्तरिक बजारबाट फाईदा लिन बैदेशिक लगानीका लागि प्रचुर संभाव्यता भएका जलविद्युत, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा लगानी गर्ने उपयूक्त समय भएको बताउदै आगामी लगानी सम्मेलनमा सक्रियतापूर्वक भाग लिनको लागि उपस्थित व्यवसायी तथा लगानीकर्ताहरुलाई आव्हान गर्दै त्यसका लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिवद्दता व्यक्त गरेमा छन्।

विश्व बैंक मलेशियाका कन्ट्री मेनेजरले द्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव दिनेश भट्टराईले नेपालमा विदेशी लगानी आकर्षित गर्न पछिल्लो समयमा सरकारका तर्फबाट भैरहेको नीतिगत तथा कानूनी सूधारहरु तथा लगानी सम्मेलनबाट लिन सकिने फाईदाहरुबारे विस्तृत प्रस्तुति गरेका थिय ।

कार्यक्रममा मलेशियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ताहरु, कम्पनीहरु, नेपाल मलेसिया बिजनेस काउन्सिलका प्रतिनिधिहरु लगायत दूतावास तथा विश्व बैंकका पदाधिकारीहरु गरी करिव ४० जनाको उपस्थिति रहेको थियो ।

मलेशिया तथा सिङ्गापुरमा लगानी सम्मेलनको प्रचार प्रसारको लागि नेपाल सरकारका अर्थमन्त्रीका सल्लाहकार डा. रामशरण खरेलको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, FNCCI र CNI का पदाधिकारी एवं प्रतिनिधिहरु सम्मिलित एक प्रतिनिधिमण्डलले मलेशियाको लगानी प्रवर्धन सम्बन्धि निकाय तथा मलेशियाको अर्थ मन्त्रालयमा समेत विभिन्न भेटघाटहरु गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: