जनअभिमतमा आधारित लोकतन्त्रको अर्थ जनमत संग्रह नै लाग्ने- कांग्रेस

काठमाडौँ, फागुन २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार विखण्डनवादलाई संस्थागत गर्न लागेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय मुख्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेसले  र सीके राउतबीच भएको ११ बुँदे सहमतिको साझा व्याख्या गर्न माग गरेको हो ।

कांग्रेसले सहमतिको सरकार र राउतपक्षबीच फरक फरक व्याख्या आएको भन्दै साझा व्याख्याको माग गरेको हो।

याे पनि पढ्नुस  देउवाको आरोप– सरकारले निर्मला पन्तको घटनामा भेटिएका सबै प्रमाण नष्ट गर्‍यो

सरकारले पृथकतावादी आन्दोलनमा हिँडेकालाई शान्तिपूर्ण मूलधारमा ल्याएको दावी गरिरहेकै समयमा राउतका कार्यकर्ताले स्वतन्त्र मधेस देशको माग गर्दै प्रदर्शन गरेपछि कांग्रेसले यसबारे प्रस्ट पार्न माग गरेको हो।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले विखण्डनवादलाई संस्थागत गर्न खोजेको आरोप लगाए।

उनले यही बुँदालाई टेकेर सीके राउतले जनमत संग्हको कुरा गरेको भन्दै यो बुँदालाई दुवै पक्षको उपस्थितिमा ब्याख्या गरिनुपर्ने बताए।

याे पनि पढ्नुस  कम्युनिष्टहरुले कांग्रेसलाई सिध्याउन लागें : सञ्चारमन्त्री बस्नेत

११ बुँदे सहमतिको दोस्रो बुँदामा ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने उल्लेख छ। यही बुँदालाई सरकार र राउत पक्षले फरक अर्थ लगाएपछि समस्या उत्पन्न भएको कांग्रेसको दावी छ।

प्रवक्ता शर्माले जनअभिमतमा आधारित विधिको अर्थ जनमत संग्रहनै लाग्ने दावी गरे। उनले भने, ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले जनमतसंग्ह नै भन्ने अर्थलाग्छ, उनले भने, ‘यसमा कि सरकार फसेको हो होइन भने आफैँ राष्ट्रघातीती षड्यन्त्रमा लागेको हो।’

याे पनि पढ्नुस  संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न वरिष्ठ नेता पौडेलकाे माग

सरकारले राउतका कार्यकार्ताले स्वतन्त्र मधेसका पक्षमा नारा लगाएको ३ दिन बित्दा पनि कुनै प्रतिक्रिया व्यक्त नगरेको भन्दै कांग्रेसले आक्रोश समेत व्यक्त गरेको छ। नेपालखबरबाट

 

कमेन्ट गर्नुहोस्