भारतलाई पहिलो झड्का, शिखर आउट

काठमाडौं, फागुन २९ । एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पहिलो विकेट सस्तैमा गुमाएको छ । उसले ४.२ ओभरमा शिखर धवनलाई १२ रनमा गुमाएको हो । उनलाई अष्ट्रेलियाका प्याट कमिन्सले आउट गरे । यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २७२ बनायो ।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः अष्ट्रेलियाविरुद्ध भारतले टस जितेर ब्याटिङ रोज्यो

उसका लागि उश्मान ख्वाजाले १००, पीटर ह्यान्सकमले ५५, कप्तान आरोन फिंचले २७, मार्कस स्टोनिस, एश्टन टर्नरले २०—२०, प्याट कमिन्सले १५ र जय रिजडसनले  २९ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, मोहम्मद सामी, रविन्द्र जडेजाले दुई—दुई र कुलदीप यादवले एक विकेट लिए ।

याे पनि पढ्नुस  भारतको टिम संकटमा, सिरिज गुमाउने सम्भावना बढ्यो

पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ । निर्णायक खेलमा आज भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनले आज टिममा समावेश गरेको छ । उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ ।

याे पनि पढ्नुस  आइपीएलः विराटको टिमविरुद्ध शिखर धवनको अर्धशतक पूरा

यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिइएको हो ।

कमेन्ट गर्नुहोस्