Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

३० हजार घुससहित कैलालीका वन अधिकृत पक्राउ

कैलाली, फागुन २९ । जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साहलाई प्रहरीले ३० हजार घुससहित पक्राउ गरेको छ । उनलाई आज दिउँसो अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वन अधिकृत साह धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परे अख्तियारले जनाएको छ । वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ ।

अख्तियार अनुसन्धान आयोगले साहमाथि आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षकको नेतृत्वको टोलीले साहलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: