२ सय नेपाली विद्यार्थीलाई भारतले दियो स्वर्ण जयन्ती छात्रवृत्ति

काठमाडौं, फागुन २९ । २ सय नेपाली विद्यार्थीलाई भारतले स्वर्ण जयन्ती छात्रवृत्ति दिएको छ । राजधानीको लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन दुई सय जेहेन्दार विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति दिएको हो ।

एमबीबीएस, बीडिएस, बिई, बीएससी, बीबीए, बी कम, लगायत ३६ वटा स्नातक कोर्षका लागि ५० जिल्लाका विद्यार्थीले छात्रवृत्ति पाउने दूतावासले जनाएको छ। यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन्।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले दुई सय विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे। नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न शुभकामना दिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: