Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वार्ता र सहमतिबाटै समाधान खोज्न प्रलेसको अपिल

काठमाडौं, फागुन २९। प्रगतिशील लेखक संघ नेपालले विप्लव नेतृत्वको नेकपाको ममिलामा वार्ता र सहमतिबाटै समाधान खोज्नु पर्ने बताएको छ ।

प्रलेस केन्द्रीय समितिले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा मुलुकमा पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम र सरकारले लिएका कतिपय निर्णयहरूबारे आलोचनात्मक बहस सुरु भएको र यो जनसाधारणको आलोचनात्मक चेत भ्याएको उल्लेख गरेको छ ।

प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विखण्डनकारी शक्तिसँग समझौता गर्दा सरकार राष्ट्रिय स्वार्थको पक्षमा संवेदनशील हुन नसकेकोमा आफूहरुको ध्यानाकर्षण भ्याएको जनाएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धित गर्ने निर्णय गर्नु पनि राष्ट्रिय जीवनका लागि सुखद परिघटना नरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: