Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुदूरपश्चिममा बिहानैदेखि बन्दको असर

धनगढी, फागुन ३०। विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको असर सुदूरपश्चिममा बिहानैदेखि देखिन थालेको छ । दिनेश खबरले बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित भएको समाचार प्रकाशित गरेको छ ।

बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन छुटेका छैनन्, बिहान संचालित हुने अधिकांश क्याम्पस बन्द रहेका छन् र राजधानी धनगढीका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको बताइएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले बिहान यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको जानकारी दिए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: