Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धुलोबाट आजित चन्द्रागिरीका स्थानिय भन्छन्, ‘अब सहन सक्दैनौं’

काठमाडौं, फागुन २८ । बाटो चाँडो नबनाईको र धुलको समस्याले निकै समस्या भएको भन्दै कलंकी नागढुंगा सडकखण्ड स्थानीयले सडक अवरुद्ध पार्दै विरोध प्रर्दशन गरेका छन् ।

चन्द्रगिरिस्थित कंलकी–नागढुंगा सडकखण्ड अन्तर्गत विधुत प्राधिकरण गेटनजिक स्थानीयवासीको अवरोधका कारण कलंकी–नागढुंगा सडक अवरुद्ध भएको हो । लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरुद्ध गरेका हुन् ।

सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियले सडकमा ड्रम, वोतल र ढुङगा राखेरै सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख शकंर खड्काले स्थानीयबासीले सडक अवरुद्ध गर्दा सडक जाम भएपछि प्रहरीले संमन्वयन गरी सडक खुलाएको बताए । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या देखिएको थियो ।

राजधानी भित्रिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा उपत्यका बाहिरिने र भित्रिने सबै सवारीसाधन जाममा पर्ने गरेका छन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: