Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कैलालीमा विवाहको बसमाथि आगजनी

कैलाली, फागुन ३० । कैलालीको बडैपुरमा विवाहको बसमाथि आगजनी गरिएको छ ।

नेपाल बन्दको उल्लघंन गरेको भन्दै विप्लव समूहले विवाहको गाडीमा आगजनी गरेको हो । पूर्वबाट पश्चिमतर्फ आइरहेको म.१.ख ४४१ नम्बरको बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

यस्तै, भीमदत्त राजमार्गको गोदावरी सडकखण्डमा बन्दका गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: