Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रंगशाला निर्माणः छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीद्वारा १ लाख सहयोग

काठमाडौं, फागुन ३० । चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । बिहीवार बिहान फेसबुकमा स्टाटस पोष्ट गर्दै धुर्मुस–सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस–सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस–सुन्तली बुधबार बेलुकी मात्र काठमाडौं फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: