Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बन्दको अवज्ञा गरेको भन्दै ४ सवारीमाथि तोडफोड र आगजनी

काठमाडौं, फागुन ३० । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा एउटा भाडाको सवारीसाधनमा आगजनी भएको छ । प्रहरीले कैलालीबाट शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बिहेको जन्ती बसमा आगजनी भएको हो । आगजनीमा बस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। यसको विस्तृत विवरण आएको छैन ।

यस्तै मकवानपुर र नवलपरासीमा दुईवटा मागबाहक ट्रकमा तोडफोड भएको छ । विप्लव समूहका कार्यकर्ताले गुडिरहेको ट्रकमा ढुंगा प्रहार गरेका हुन् । बन्दकै क्रममा विप्लव समुहले सर्वसाधारण आवतजावत गर्ने मूल बाटोमा बम राखेका छन् ।

पोखरा, रुपन्देही, रौतहट, दाङ, गोरखा र नवलपरासी लगायतका स्थानमा बम फेला परेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रवक्ता सुवेदीका अनुसार शंकास्पद वस्तु फेला पर्नाका साथै प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै सेनाको बम डिस्पोजल टोली खटिएको छ।

उनका अनुसार बुटवल बेलहिया सडकखण्डको कालिका चोकमा रहेको ट्राफिक बेरिकेडमाथि शंकास्पद वस्तु फेला परेको हो । यस्तै तुलसीपुरस्थित बीपी चोकनजिकै एक कपडा पसलबाहिर शंकास्पद वस्तु भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ भण्डारी रंगशाला नजिक दुई स्थानमा शंकास्पद वस्तु फेला परेको हो । लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम सेनाले निस्कृय गरेको छ।

गोरखाको भीआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ। हेटौँडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ। अहिले सेनाले बम डिस्पोज गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: