Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिके राउत र तिनका कार्यकर्ताले सम्झौता पालना नगरे सरकारले ‘एक्सन’ लिन्छ: मन्त्री पण्डित

जनकपुरधाम, फागुन ३० । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा. सिके राउतसँगको सम्झौतामा हस्ताक्षरकर्ता र तिनका कार्यकर्ताले सहमति पालना नगरे सरकारले ‘एक्सन’ लिने बताएका छन् ।

प्रदेश नं. २ को राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै उनले जनअभिमतको आशय निर्वाचन रहेको बताए । मन्त्री पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताए ।

सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डितले संविधान विरोधी गतिविधि सह्य नहुने धारणा राखे । एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खुलै रहेको बताए ।

वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला रहेको बताउँदै मन्त्री पण्डितले सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताए । मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: