Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘१५ दिनभित्र समायोजन, कर्मचारी अभाव पूरा गर्न २० हजार भर्ना’

जनकपुरधाम, फागुन ३० । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्री पण्डितले १५ दिनभित्र कर्मचारी समायोजनको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् । प्रदेश नं. २ को राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पण्डितले लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेकोसमेत जानकारी दिए । यस्तै, पत्रकार सम्मलेलन मै उनले डा. सिके राउतसँगको सम्झौतामा हस्ताक्षरकर्ता र तिनका कार्यकर्ताले सहमति पालना नगरे सरकारले ‘एक्सन’ लिने बताए ।

मन्त्री पण्डितले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताए । सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै उनले संविधान विरोधी गतिविधि सह्य नहुने धारणा राखे ।

एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खुलै रहेको बताए । वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला रहेको बताउँदै मन्त्री पण्डितले सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: